२०८१ मङ्सिर २३ गते आइतवार

यातायात कार्यालय राप्तीको अब सबै काम गाइडहरबाटै

तुलसीपुर, १९ चैत । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले आफ्नै भवनबाट पूणर्रुपमा सेवा दिन थालेको छ । कार्यालयले आफ्नै भवन तुलसीपुर-६ को गाइडहरदेखि आइतबारबाट पूणर्रुपमा सेवा दिन थालेको हो । कार्यालय स्थानान्तरण भएको करिब ४ महिनापछि पूणर्रुपमा सेवा सुचारु भएको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिनुभयो ।

भाडाको घरमा संचालित कार्यालयले गत मंसिर २८ गतेदेखि आफ्नै भवनबाट सेवा सुचारु गरेपनि सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण हुन नसक्दा सेवाग्राहीले गाइडहरबाट पूणर्रुपमा सेवा पाउन सकेका थिएनन् ।

कतिपय काम तुलसीपुर-६ घोराहीरोडमा भाडाको भवन र कतिपय काम गाइडहरबाट हुँदा सेवाग्राहीलाई सास्ती थियो । करिब ४ महिनापछि सामाजिक विकास डिभिजनको कार्यालय सरेको र अब आफ्नै भवनबाट कार्यालयले पूणर्रुपमा सेवा दिन थालेको प्रमुख गौतमले बताउनुभयो ।

सामाजिक विकास डिभिजन कार्यालयलाई भने तुलसीपुर-१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सारिएको छ । गत भदौ १८ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद प्रदेशको बैठकले भाडाको घरमा संचालित यातायात व्यवस्था कार्यालय राप्तीलाई सामाजिक विकास डिभिजनको भवनमा सार्ने निणर्य गरेको थियो ।

भाडाको भवनमा सेवा प्रवाह हुँदा पार्किङको समस्या थियो । अब आफ्नै भवनमा पार्किङको समस्या नरहेको प्रमुख गौतमले बताउनुभयो । कार्यालय परिसरमै ट्रायल दिने व्यवस्था मिलाउन लागेको उहाँले बताउनुभयो । कार्यालयले पटके सेवा भने यसअघि कार्यालय रहेको नजिकैबाट दिइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस