२०८१ बैशाख ११ गते मङ्गलवार

‘धोकेबाज’ गायिका एलिना चौहानले बैशाखमा बिहे गर्ने

दाङ, १२ चैत । चर्चित गित ‘धोकेबाज’ को गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्नुहुने भएको छ ।

उहाँले अहिले आफू विवाहको तयारीमा जुटेको बताउनुभयो ।

‘अहिले म विवाहको तयारीमा जुटेको छु ।’ उहाँले भन्नुभयो-‘निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु ।’

गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुनुहुन्छ । उहाँ अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । एलिनाको स्थायी घर झापा हो ।

गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ । यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो । तर यो खबरलाई एलिनाले नकार्नुभएको थियो ।

एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुनुहुन्छ । ‘के माया लाग्छ र?, मिनरल वाटर, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छु’ जस्ता गीतहरू उहाँका निकै चलेका गीत हुन् ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस