
सल्यान, ९ चैत । सल्यानको कपुरकोट गाउँपालिकमा वन डढेलो नियन्त्रणका लागि सामुदायिक बन समुहका पदाधिकारीहरुलाई सचेत गराइएको छ । गर्मी समय सुरु भए संगै हावाहुरी चल्ने, पातपतिङ्गर सुकेर झर्ने हुंदा डढेलो लाग्ने सम्भावना अधिक हुने भएकाले डढेलो रोकथामका लागि सचेत गराइएको हो ।
पालिका भित्र रहेका ५३ वटा सामुदायिक बन मध्य अधिकांश वन डढेलोको उच्च जोखिममा रहेको भन्दै बन संरक्षणका लागि सचेत गराइएको हो ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि ‘वन डढेलो नियन्त्रण समन्वय गोष्ठी ’ कार्यक्रम सञ्चालन गरिएको कपुरकोट सब डिभिजन कार्यालयका प्रमुख वन अधिकृत अञ्जना शर्माले जानकारी दिनु भयो ।
शुक्रबार कपुरकोटमा समुदाय,वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै फायरलाइन रेखा सफा गर्ने,पातपतिङ्गर हटाउने तथा जलाउने,कानूनी प्राबधान लगायतका बिषयमा जानकारी गराइएको शर्माले बताउनु भयो ।
वनमा डढेलो लाग्न नदिन सबै नागरिलाई सचेत हुन समेत सब डिभिजन वन कार्यालय कपुरकोटले आग्रह गरेको छ कपुरकोट गाउँपालिका भित्र पर्ने राप्ती लोक मार्ग र मानिसहरुको बाक्लो आवत जावत गर्ने क्षेत्र भित्रका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक र सुरक्षा अपनाउन कार्यालयले आग्रह गरेको छ ।
नेपालमा मानवीय कारणले गर्दा बढी वन डढेलो हुने गरेको तथ्याङ्कमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत, प्राकृतिक कारणले १ प्रतिशत र ४ प्रतिशत वन डढेलोका कारण थाहा नभएको शर्माले बताउनुभयो ।
डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु,वन उपभोक्ताको उपसमिति, नेपाली सेना,प्रहरीसँग सहकार्य गरी डढेलो नियन्त्रण गर्न सकिन्छ ॥