२०८१ माघ ८ गते मङ्गलवार

घट्यो पेट्रोल र डिजेलको मूल्य


दाङ, ३ चैत । आजदेखि पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निणर्य गरेको हो ।

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पेट्रोल एक रूपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ घटाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस