२०८१ मङ्सिर २३ गते आइतवार

डा.न्यौपानेको डिम्याट खातामा अचानक ५९ लाख बढी आएपछि…

दाङ, १ चैत ।
डा. कैलाश न्यौपानेको डिम्याट खातामा बुधबार अचानक ५९ लाख बढी आएको छ ।


दाङको तुलसीपुर-५ निवासी डा.न्यौपानेको डिम्याट खातामा ५९ लाख ६९ हजार ४६० आएको हो । डिम्याट खातामा ठुलो रकम आएपछि उहाँले सामाजिक संजाल फेसबुकमा कसरी फिर्ता गर्ने भनेर लेख्नुभएको छ ।

उहाँलाई अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३२ हजार ६२० कित्ताको रकम डिम्याट खातामा आएको हो । अप्पर तामाकोशी बुधबार प्रतिकित्ता १८३ मा बिक्रि भएको थियो । बिहिबार (आज) १८८ सम्म पुगेको छ । आजको रकम जोड्दा झन् बढी हुने उहाँले बताउनुभयो ।

उहाँले ५ हजार ८ सय ७६ हजार कित्ताको शेयर रकम आउनुपर्नेमा ३२ हजार ६२० कित्ता बढीको शेयर रकम डिम्याट खातामा आएको हो । ‘झण्डै ५९ लाख बढीको शेयर रकम खातामा आएको छ ।’ उहाँले भन्नुभयो-‘फिर्ता गर्ने केहि उपाय थाहा छैन् ।’

राइट शेयर र बोनस गरेर ५ हजार ८ सय ७६ कित्ता शेयर आउनुपर्नेमा बढी कित्ता शेयर डिम्याट खातामा आएपछि अचम्ममा परेको उहाँले बताउनुभयो । ‘कर्मचारीको लापरबाही नै हो ।’ उहाँले भन्नुभयो-‘फिर्ता गर्न सकिन्छ, तर झन्जटिलो हुन्छ होला ।’

डा. न्यौपाने तुलसीपुरस्थित राप्ती आयुर्वेद चिकित्सालयका सुचना अधिकारी हुनुहुन्छ भने कञ्चन आयुर्वेद तुलसीपुरका संचालक हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस