२०८२ जेष्ठ ७ गते बुधवार

घोराही उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाकारुपमा पुरस्कृत


दाङ,२९ फागुन । दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको छ ।

नेपाल नगरपालिका संघले आफ्नो ३१ औँ बार्षिक उत्सवका अबसरमा घोराही उपमहानगरपालिकालाई संस्थागत विकास, सेवा प्रबाह र वित्तिय सुशासनको क्षेत्रमा राम्रो काम गरेको मूल्यांकन गर्दै उत्कृष्ट नगरपालिकाकारुपमा पुरस्कृत गरेको हो ।

काठमाडौमा आयोजित एक समारोहका विच संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई उक्त उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्नुभएको थियो ।

देशभरका नगरपालिकाहरुबाट प्राप्त कार्य सम्पादनका आधारमा मूल्यांकन गर्दा घोराही उपमहानगरपालिका संस्थागत विकास, सेवा प्रबाह र वित्तिय सुशासनको क्षेत्रमा उत्कृष्ट भएको हो । पुरस्कार प्राप्त गरेपछि नगर प्रमुख चौधरीले जनप्रतिनिधी, कर्मचारी एवं सम्पूणर् सरोकारवालालाई धन्यबाद दिनुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस