२०८१ मङ्सिर २३ गते आइतवार

रेलले च्यापेर घाईते भण्डारीलाई झुलेनी सेवा समाजको सहयोग

तुलसीपुर,२४ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेका मेघराज भण्डारीको उपचारका लागि सहयोग रकम उठ्ने क्रम जारी रहेको छ । भण्डारीको उपचारका लागि झुलेनी सेवा समाज दाङले उहाँको घर तुलसीपुर -७ तमाखेमा पुगेर बुधबार सहयोग रकम हस्तान्तरण गरेको छ ।

उपचारका लागि भण्डारीको परिवारलाई नगद १५ हजार १८० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष गोविन्दराज भण्डारीले जानकारी दिनुभयो । झुलेनी सेवा समाजले सामाजिक सेवाभावका काम गर्दे आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरणदेखि वातावरणीय सरसफाई लगाएतका काममा समेत सक्रिय संस्था हो ।

पैसाको अभावमा उपचार गर्न नसकेर घरमै रहेका मेघराजलाई झुलेनी सेवा समाज सहित विभिन्न संघ/संस्था तथा व्यक्तिहरुबाट करिब दुई लाख रकम संकलन भएको सहयोग संकलन अभियानका सदस्य तथा पत्रकार एकराज भण्डारीले जानकारी दिनुभयो । पत्रकार भण्डारीका अनुसार घाइते मेघराजलाई उपचारका लागि बुधबार नेपालगन्ज पठाईएको छ ।

चिकित्सकका अनुसार उपचारमा धेरै खर्च लाग्ने भएपछि परिवारले मेघराजलाई आलो घाउसहित घरमै राखेको थियो । सहयोग रकम उठ्न थालेपछि अहिले मेघराजलाई अस्पताल पठाईएको हो । रोजगारीको शिलशिलामा एक साता अघि भारतको बैङलोर जाने क्रममा भण्डारी लखनउमा सवारी दुर्घटनामा परेर घाईते हुनुभएको थियो ।

सहयोगका लागि मोवाइल ९८४४१८२८१९ नम्बरबाट जानकारी लिन सकिनेछ । त्यस्तै ज्योति विकाश बैंकमा रहेको ०३५०१३००४७३७५८०००००१ खातामा जम्मा गरेर सहयोग गर्न सकिनेछ भने स्क्रिनमा भएको क्युआर मार्फत पनि सहयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस