२०८१ बैशाख ११ गते मङ्गलवार

देशका केहि स्थानमा छिटफुट पानी पर्ने संभावना

दाङ, १० फागुन । दाङमा गएराती असिना परेको छ । बुधवार राति दाङ र आसपासका क्षेत्रमा वर्षासँगै असिना पानी परेको हो । असिनाका कारण किसानले लगाएका मौसमी बालीमा पनि क्षति पुगेको छ ।

आज पनि देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू-भागको थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस