२०८१ चैत्र ८ गते शुक्रवार

कालिका-मालिका मन्दिर व्यवस्थापन समितिमा सल्लाहकार मनोनित


तुलसीपुर ४ र ७ को सिमानामा रहेको कालिकामालिका मन्दिर व्यवस्थापन समितिको समिक्षा बैठक बसेको छ । कालिकामालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रवण कुमार आचार्यको अध्यक्षतामा सोमबार समिक्षा बैठक बसेको हो ।

समिक्षा बैठकमा २०८० असार सम्मको मन्दिर पुनः निर्माण अन्तर्गत शिलालेखन, ग्रिल झ्याल आदिको खर्च अनुमोदन गरिएको छ । यस्तै रिक्त पदपूर्ति, ज्ञानविज्ञान महायज्ञ लगाएतको समिक्षा बैठक बसेको हो । बैठकले सल्लाहाकारमा तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसी, ४ का अध्यक्ष तुलसी थापा, प्रेम प्रसाद खनाल (बम्नै), टोप बहादुर खड्का (खाद्रे), उपेन्द्र पौडेल (जितपुर), टोपलाल भूषाल (घुसेरी) र गेहेन्द्र नेपाली(डावर) लाई सल्लाहाकारमा मनोनित गरेको छ ।

यस्तै व्यवस्थापन समितिको सदस्य शिव कुमार बसन्त आचार्यको मृत्यु भएको र मधुसुदन आचार्य अशक्त भएकोले चार जना नयाँ सदस्य थप गरेको छ । गगन राना, चिरञ्जीवी रेग्मि, शंकर चौधरी र गणेश बस्नेतलाई चयन गरिएकोे समितिका सचिव कृष्ण आचार्यले जानकारी दिनुभयो ।

चार सदस्य थप भएसंगै ११ सदस्यीय समिति भएको छ । जसको अध्यक्षमा श्रवण आचार्य, उपाध्यक्ष बासुदेव गौतम, सचिव कष्ृण आचार्य, सदस्य छविराज पोखरेल, श्रीधर पौडेल, भावना पौडेल र गोमा पोखरेल रहनुभएको छ ।

समितिले माघ १३ गते देखि २० गतेसम्म तुलसीपुरमा मावनसेवा भवन सहयोगार्थ सञ्चालीत ज्ञानविज्ञान महायज्ञमा सहयोग गर्ने सुरक्षाकर्मी, पत्रकार, सम्पूणर् सञ्चार माध्यम लगाएत सम्पूणर्मा हलवारवासीकोतर्फबाट धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस