२०८१ बैशाख ११ गते मङ्गलवार

चलचित्र पत्रकार संघको लुम्बिनी प्रदेश संयोजकमा शिव पुन चयन

तुलसीपुर, ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश संयोजकमा दाङ तुलसीपुरका शिव पुन सर्वसम्मत रुपमा चयन हुनुभएको छ । संघ फागुन ५ गतेदेखि हेटौडामा जारी राष्ट्रिय भेलाले तुलसीपुरका पुनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।

संघका केन्द्रीय सदस्य धुर्वराज न्यौपानले भेलाले दाङ शाखाका यसअघिका अध्यक्ष पुनलाई सर्वसम्मत रुपमा लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी तोकेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस