२०८१ मङ्सिर २३ गते आइतवार

आगलागी पिडीतलाई होटल व्यवसायी समितिको सहयोग

तुलसीपुर, ६ फागुन । तुलसीपुर होटल व्यवसायी समितिले आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ । तुलसीपुर-५ बसपार्कमा रहेको मध्यपश्चिम सल्यानी गेष्ट हाउसमा गत माघ २२ गते भान्सामा ग्यास चुहावट भई आगलागी हुँदा क्षति भएको हो ।

होटल संचालक मुनकुमारी वलीलाई आइतबार (आज) एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग गरिएको हो । मुनकुमारीलाई ७ हजार ५ सय ५५ रुपैंया आर्थिक सहयोग गरेको सचिव तुफान केसीले जानकारी दिनुभयो ।

होटल व्यवसायी समितीका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर होटल व्यवसायी समितीका सल्लाहकार तथा होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य नेत्रलाल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथी वलीले ७ हजार ५ सय ५५ चेक आगलागी पिडीत मुनकुमारीलाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँले २०५४ सालमा दर्ता भयको संस्थाले व्यवसायीहरुको समस्यालाई मध्यनजर गरी सहयोगको काम गरेकोमा धन्यवाद दिनुभयो । उहाँले व्यवसायीले बिमा अनिवार्य गर्नुपर्ने भन्दै यसका लागि समितिले पहलकदमी चाल्नुपर्ने बताउनुभयो ।

समितिका अध्यक्ष बस्नेतले होटल व्यवसायीलाई समितिमा आवद्ध हुन आग्रह गर्नुभएको छ । उहाँले समितिमा आवद्ध व्यवसायीले तुलसीपुरको ‘ग’ लाइनमा रहेको नागरिक केयर हस्पीटलमा उपचार खर्चमा ५ देखि २० प्रतिशतसम्म छुट पाउने गरेको बताउनुभयो ।

सहयोग हन्तान्तरण कार्यक्रममा माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष तोभान केसी, सचिव प्रकाश वली र व्यवसायी दुर्गा भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको छ । समितिका उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तुफान केसीले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस