२०८१ माघ २ गते बुधवार

ज्याला दिलाइ दिने प्रतिबद्धता

रोल्पा, २ फागुन । रुन्टीगढी गाउँपालिका वडा न १ को प्रशासनिक वडा कार्यालय भवन निमार्णमा काम गरेका मुज्दुरले ज्याला पाउने भएका छन ।

गत स्थानिय तहले निमार्ण कार्य सुरु गरेको रुन्टीगढी गाउँपालिका वडा न १ को प्रशासनिक भवनमा काम गरेका मुज्दुरले लामो समय देखि ज्याला नपाएको गुनासो आए पछि नव निर्वाचित गाउँपालिका अध्यक्ष जनक पुन एक कार्यक्रम बोल्दै ज्याल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।


२०७४ को निर्वाचन पछि स्थानिय तह वडा १ ले प्रशासनिक कार्य गर्न सहजताको लागि भवन निर्माण कार्य सुरु गरेका थियो । तर भवन निमार्ण सम्पन्न नहुदा सम्म भाडाको घरमा प्रशासनिक कार्य गर्दै आएको थियो ।

वडा सरकारले प्रशासनिक कार्यगर्न आफ्नै भवन हुनुपर्ने महसुर गर्दै भवन निमार्ण कार्य सुरु गरेर ९० प्रतिशत काम सम्पन्न भइसक्दा समेत मुज्दुरहरुले ज्याला पाउने नसके पछि बाँकी काम गर्न छोडेका थिए । अहिले भवन पुर्णरुपमा निर्माण भएर पनि सञ्चालनमा आइसकेको छ तर मज्दुरहरुले भने भवन निमार्ण बापतको ज्याला पाउन सकेका छैन्न ।


२०७४ को स्थानिय तहको सरकारले सुरु गरेको भवन निमार्ण कार्य ९० प्रतिशत काम सम्पन्न भइसक्दा समेत श्रमिकहरुले परिश्रम गरे बापतको ज्याला पाउन नसके पछि बाँकी काम गर्न छोडेका थिए । २०७९ निर्वाचन पछि बनेको वडा सरकारले बाँकी रहेकोे काम सम्पन्न गराइ भवन सञ्चालनमा ल्याइएको हो ।


उक्त भवनबाट प्रशासनिक कार्य सुरु गर्न २०७९ को निवार्चन पछि नव निर्वाचित गाउँपालिका अध्यक्ष जनक पुनले औपचारीक रुपमा भवन उद्घाटन गरी कार्य सुरु गरिएको छ । तर पहिले काम गरेका मज्दुरहरुले ज्याला नपाए पछि भने उनीहरु असन्तुष्ट देखिएका थिए ।

ति असन्तुष्ट मज्दुरहरले काम गरेको ज्याला पाउनु पर्छ भनेर वडा कार्यलयमा मुद्दा हालेका थिए अहिले उक्त मुद्दा गाउँपालिकाको न्यायिक समिति सम्म आइपुगेको छ । एक कार्यक्रम बोल्दैे अध्यक्ष पुनले मज्दुरहरुले ज्याला पाउने विषयमा सकारात्मक विषय भएको र उक्त मुद्दाका विषयमा सम्बन्धीत पक्षलाइ बसालेर छलफल गराई ज्याला उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस