२०८१ मङ्सिर २३ गते आइतवार

मन, वचन र कर्मले विशुद्ध मानविय सेवा गर्ने संस्था रेडक्रस हो उपसभापति : पौडेल

तुलसीपुर, २७ माघ । नेपाल रेडक्रसका उपसभापति हरिहर पौडेलले रेडक्रसले प्राकृतिक विपति मात्र नभई समाजका हरेक आवश्यकता र चाहना अनुरुप काम गर्न थालेको बताउनु भएको छ ।

तुलसीपुर ६ गलौरमा भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा तुलसीपुरको १३ औं साधारण सभामा बोल्दै प्रमुख अतिथि पौडेलले आत्मा साक्षी राखी मन् वचन र कर्मले विशुद्ध मानविय सेवा गर्ने उद्देश्यले स्थापना भएको रेडक्रस अहिले समाजका हरेक अभाव हरु जोडिएको बताउनु भयो जहाँ दुःख त्यहाँ रेडक्रस हुन्छ पौडेलले भन्नुभयो ।

रेडक्रसले राष्ट्रियता, जाति, धर्म, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव नगरी काम गर्छ । । रेडक्रस अभियानले सम्बन्धित राष्ट्रको ऐन कानुन पालना गरी मानवीय सेवा कार्यमा सदैव सहयोग गर्ने गरेको बताउनु भयो।


नेपाल रेडक्रस सोसाइटी उपशाखा तुलसीपुरको सभापति देवीका नेपालीको अध्यक्ष्यतामा भएको कार्यक्रममा बोल्दै पौडेलले रेडक्रसले दुखेको घाउहरुमा मलहम पट्टी लगाउने काम मात्र होइन विपन्न परिवारलाई आयआर्जन जोड्ने काम गर्छ । भने , टोकन money दिने ,समुदायको माग अनुसार शिक्षा, खानेपनि, स्वास्थ्य तथा विकास निर्माणका काममा हातेमालो गर्दै रेडक्रस अगाडि बढेको छ ।


यस्तै तुलसीपुर उप शाखा सभापति देवीका नेपालीले चेतनाको अभावले अझै पनि मानिसहरू जोडिन नसकेको गुनासो गर्नु भयो । जो संस्था संग आवद्ध छ त्यही व्यक्तिले मात्र सामाजिक काम गर्नु पर्छ भन्ने गलत बुझाइले संस्थाको दायरा सोचे अनुरुप फराकिलो हुन सकेको छैन नेपालीले भन्नुभयो । रेडक्रस अन्य गैर सरकारी संस्था भन्दा भिन्न प्रकृतिको गतिविधि बाट सञ्चालन भएरहेको छ ।


रेडक्रस अभियानका सात सिद्दान्तहरू मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकता रहेका छन् । रणक्षेत्रमा घाइते भएका व्यक्तिहरूलाई विना भेदभाव सहयोग पु¥याउने उद्देश्य लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय रेडक्रस मानवीय विपत्तीलाई कम गर्न प्रयत्नशील रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए।

कार्यक्रममा राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरे, पूर्व जिल्ला सभापति डिल्ली बहादुर केसी, निवर्तमान सभापति शेखर चन्द्र पोख्रेल,आजीवन सदस्य एकराज आचार्य, पूर्व जिल्ला शाखा सदस्य बलदेव शर्मा, आजीवन सदस्य सुरेन्द्र बहादुर खड्का, निवर्तमान सचिव झककु प्रसाद धिताल, जिल्लाको संस्थापक सदस्य कृति बहादुर खड्का, संस्थापक मन्त्री नवराज रजौरे लगायतकाले बोल्नु भएको थियो ।

संस्थाका सदस्य गोपाल बहादुर रवतले धन्यबाद ज्ञापन गर्नु भएको कार्यक्रमको सहजिकरण सचिव वसन्त केसीले गर्नु भएको थियो।


संस्थालाई अतुलनीय योगदान पुराएको भन्दै संस्थाका बलदेव शर्मा , सुधीर गुरुङ,एकराज आचार्य र प्रकाश कुमार पोख्रेल लाई संस्थाले सम्मान गरेको छ । दाङ जिल्लामा १६ ओटा उपशाखा रहेको छ जसमा तुलसीपुर उपाखामा महिला सभापति हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस