२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुरमा एकैदिन तीन सवारी दुर्घटना : सात जना घाइते

तुलसीपुर,२७ माघ । तुलसीपुरमा शुक्रबार भएका छुट्टाछुट्टै  सवारी दुर्घटनामा परि सात जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीमा तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ७ प ३३३ नम्बरकाे स्कुटि आफै अनियन्त्रित भएर दुर्घटना हुदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा  स्कुटी चालक तुलसीपुर-५ का  ३८ वर्षिय प्रसंशा चन्द धिताल र पछाडि सवार गुलरिया नगरपालिका-६ बर्दियाका मक्षन्द्रा चन्द रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।

घाइते मध्य धितालकाे  खुट्टा र अनुहारमा चोट लागेकाे छ भने अवस्था चन्दकाे टाउकाे र  ढाडमा  चोट लागेकाे प्रबक्ता  मल्लले जानकारी दिनुभयाे ।

घाइते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको छ। दुबैजनाकाे अवस्था मध्यम रहेकाे  छ।

यस्तै तुलसीपुरमा अटाेकाे ठक्करबाट  एक जना पैदलयात्रु घाइते भएका छन् ।

तुलसीपुर-४ रक्षाचौर स्थित आँखा अस्पतालबाट तुलसीपुर तर्फ आउदै गरेको रा.१ ह ५३२२ नम्बरकाे  अटोले  ठक्कर  दिदा एक पैदलयात्री घाइते भएकी हुन ।

घाइते हुनेमा गढवा गाँउपालिका-२ पटवा घर भइ  राप्ति  आँखा अस्पताल नजिकै बस्ने १८ वर्षकि संगीता यादव रहेकाे प्रबक्ता मल्लले जानकारी दिनुभयाे।

यादवकाे तुलसीपुरकाे राप्ति  प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएकाे छ । यादवकाे बाया खुट्टा र टाउकोमा चोट लागेकाे छ । उनकाे अवस्था पनि मध्यम रहेकाे छ ।

यस्तै तुलसीपुरमा ट्याक्टरले माेटरसाइकललाइ ठक्कर दिदा पैदलयात्री सहित चार जना घाइते भएका छन ।

तुलसीपुर-५ गोदाम घर स्थित तुलसीपुरबाट गोठिखोला तर्फ जाँदै गरेको रा ५ प ७१०९ नम्बरकाे मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको रा १ त ४०२१ नम्बरकाे ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल अनियन्त्रीत भइ पैदल यात्रीलाई समेत ठक्कर दिदा चार जना घाइते भएका छन ।

घाइते हुनेहरूमा  तुलसीपुर-७ का १९ वर्षका माेटरसाइकल चालक अर्पन पुन र माेटरसाइकलकाे पछाडि सवार तुलसीपुर-४ रक्षाचाैरका मन्जिल पुन घाइते भएका छन् ।

घाइते माेटरसाइकल चालक अर्पन पुनकाे अवस्था मध्यम रहेकाे छ भने मन्जिल पुनकाे अवस्था सामान्य रहेकाे छ ।

साेहि दुर्घटनामा घाइते हुनेमा पैदलयात्री तुलसीपुर -७ का ३७ वर्षिय कमला बस्नेत र चाैरजहारी नगरपालिका-१३ रूकुम पश्चिमका २९ वर्षका हुमलाल शर्मा रहेकाे  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्ले जानकारी दिनुभयाे ।

घाइते रहेका दुबै जना पैदलयात्रीकाे अवस्था  सामान्य रहेकाे छ । घाइते भएका चारै जनाकाे  अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे छ ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस