२०८१ माघ १ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा आज रामजी खाँडको प्रस्तुती रहने

दाङ, २५ माघ । तुलसीपुर महोत्सवमा आज चर्चित लोक गायक रामजी खाँड आउनुहुने भएको छ । बुधबारदेखि शुरु भएको महोत्सवमा बिहिबार (आज) चर्चित गायक खाँडसहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा चर्चित हाँस्य कलाकार बिष्णु जी पाण्डे, लोक गायिका मञ्जु भट्टराई, निशान्त बिक लगायतका कलाकारको प्रस्तुती रहने भएको छ ।

तुलसीपुर-६ को खुल्ला मैदानमा संचालित महोत्सव फागुन ८ गतेसम्म संचालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद चालिसेले बताउनुभयो ।

स्थानीय वस्तुको बजारीकरणका लागि संचालित महोत्सवबाट संकलित रकमलाई सामाजिक काममा लगाउने आयोजकले दावि गरेको छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस