२०८१ माघ १ गते मङ्गलवार

सानिमा रिलायन्सका अभिकर्तालाई पुनर्ताजकी

तुलसीपुर, २२ माघ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनि तुलसीपुर शाखाले अभिकर्ताका लागि पुुर्नताजकी तथा उत्प्रेरणा कार्यक्रम गरेको छ ।

कम्पनिले सोमबार तुलसीपुरमा ४० जना अभिकर्ताको सहभागितामा कार्यक्रम गरेको हो । कार्यक्रममा कम्पनिका चिफ बिजनेश अफिसर सन्दीप कसाजु, क्षेत्रिय प्रवन्धक दिपक कुमार वली र एरिया प्रवन्धक रुद्रप्रसाद अधिकारी प्रशिक्षक रहनुभएको थियो ।

त्यस अवसरमा चिफ बिजनेस अफिसर कसाजुले बिमा जोखिम व्यवस्थापनको महत्वपूणर् औजार भएको बताउनुभयो । उहाँले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनिमा भएको बिमा पोलिसीको बारेमा बताउँदै सिमित सावधिक जीवन बिमा योजना अन्तर्गत निश्चित रकम निश्चित अवधिसम्म जम्मा गरेर तीन गुणासम्म भुक्तानी लिन मिल्ने बताउनुभयो ।

उहाँले जीवन बीमा जीवन सुरक्षाको उपाय भएकाले पनि एक प्रकारको लगानी भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण कम्पनिका तुलसीपुर शाखा प्रमुख डम्बर केसीले गर्नुभयो ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस