२०८१ फाल्गुन ३ गते शनिवार

रोल्पाका सुवासको साउदीमा सवारी दुर्घटनामा परी मृत्यु


रोल्पा, २१ माघ ।
रोल्पाका एक युवकको साउदीमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दुई वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका माडी गाउँपालिका ४ बुढागाउँका २७ वर्षीया सुवास बुढामगरको साउदीमा सवारी दुर्घटनामा परी मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यही माघ १८ गते साउदी अरबियाको दमाम भन्ने स्थानमा सुवास आफैले चलाएको गाडीमा अर्को गाडी ठोक्किन आउदा दुर्घटना भएको थियो ।

त्यसपछि उहाँ आत्तिएर सडकको अर्को साइडको झ्यालबाट बाहिर निस्कदा पछाडिबाट आएका तीनओटा गाडीले एकै पटक ठक्कर दिदा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

कम्पनीले आवश्यक कागजी प्रक्रिया नपुगेको भन्दै शव नेपाल नपठाएकाले अहिले मृतकको शव साउदीकै अस्पतालमा रहेको मृतककी दिदी भिमकुमारी मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस