२०८१ बैशाख ११ गते मङ्गलवार

ग्लोबल ओरियन्स नेपालको तुलसीपुर शाखा उद्घाटन

तुलसीपुर, २० माघ । ग्लोबल ओरियन्स नेपालको तुलसीपुर शाखा उद्घाटन गरिएको छ । शाखाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले शनिबार उद्घाटन गर्नुभएको हो ।

उहाँले ग्लोवल ओरियन्स नेपालले नेपाली उत्पादन बिक्रि वितरण गर्दा धेरैलाई रोजगारीको अवसरको सिर्जना हुने भएकाले आर्थिक विकासमा महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।

शाखा प्रमुख पूणर् वलीको अध्यक्षता तथा वडा अध्यक्ष भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिएको हो । कार्यक्रममा कम्पनिका दाङ वितरक प्रमुख मिसन भट्टराई कम्पनिले नेपाली उत्पादन बिक्रि वितरण गर्ने र युवालाई रोजगारी दिने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले कम्पनिले २४ प्रकारका सामग्रि उत्पादनबाट अहिले ५० प्रकारका उत्पादन गरिरहेको बताउनुभयो । कम्पनिले स्वास्थ्यवद्र्धक सामग्रि र कस्मेटीक सामग्रि उत्पादन र बिक्रि वितरण गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार एचआर मगरले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस