दाङ, १९ माघ । बस र टिप्पर ठोक्किँदा १७ जना घाइते भएका छन्।
बिहीबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ गैरेपेट्रोल पम्प नजिकै काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प्र.प ०१-००१ ख ३४८० नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो।
पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराका अनुसार बसमा चालकसहित ३५ जना सवार थिए । दुर्घटना हुँदा १७ जना घाइते भएको डिएसपी बोहोराले जानकारी दिनुभयो ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने ७ जना मध्यम र ९ जना सामान्य घाइते भएका छन् र
उनीहरूको रूपन्देहीको देवदह मेडिकल कलेज, चौराह हस्पिटल बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको डिएसपी बोहोराले जानकारी दिनुभयो।
टिपर चालक नवलपरासी सुनवल नगरपालिका १० गैडाखालका २८ वर्षीय सुनिल दर्जीलाई नियन्त्रणमा लिइएको डिएसपी बोहोराले जानकारी दिनुभयो ।