दाङ । दाङसहित पश्चिम नेपालमा सामान्य वर्षा शुरु भएको छ । लामो समयदेखिको खडेरीका कारण बाली सुक्ने अवस्थामा पुगेको बेला वर्षा शुरु भएपछि किसान खुशी भएका छन् । तर ठुलो वर्षा हुन सकेको छैन् । सामान्य वर्षा भएपछि चिसो बढेको छ ।
तर ठुलो वर्षा हुन सकेको छैन् । सामान्य वर्षा भएपछि चिसो बढेको छ ।
कणर्ाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका केहि ठाउँमा गएरातीदेखि नै सामान्य वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी क्षेत्र हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुले छिटपुट वर्षा भएको हो ।
पश्चिमी वायुको प्रभावका कारण तराई मधेसमा लागेको हुस्सु तथा कुहिरो भने कम भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तापक्रम घटेर हल्का चिसो बढ्ने तथा भोलिबाट मौसम सुधार हुने अनुमान गरेको छ ।
प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार