२०८१ मङ्सिर २३ गते आइतवार

मानव सेवा आश्रमको भवन निर्माणार्थ जारी महायज्ञमा दानदाता बढ्दै

दाङ, १५ माघ । मानव सेवा आश्रमको भवन निर्माणको सहयोगार्थ तुलसीपुरमा श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञ जारी छ । महायज्ञमा दैनिकरुपमा दानदाता बढ्दै गएका छन् ।

महायज्ञ मूल आयोजक समितिका कोषाध्य शुष्मा गिरीका अनुसार तेस्रो दिन सोमबारसम्म नगद २५ लाख बढी नगद संकलन भएको छ ।

महायज्ञको पहिलो दिन नगद करिब दुई लाख, दोस्रो दिन करिब ३ लाख र तेस्रो दिन करिब २० लाख संकलन भएको छ । तर प्रतिवद्धता करिब दुई करोड बढीको भइसकेको छ ।

जारी महायज्ञमा सोमबार एकै दिन झण्डै २० लाख आर्थिक संकलन भएको छ । महायज्ञको तेस्रोदिन विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १९ लाख ८१ हजार ६८ रुपैयाँ प्राप्त भएको छ ।

मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा विदेशबाट समेत आर्थिक सहयोग जुटेको छ । तुलसीपुर उपमहानगरपालिका -६ बस्ने गोमा खड्का उनका श्रीमान हरीबहादुर खड्का र छोरा प्रशान्त खड्काले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

तुलसीपुर निवासी टिकाराम रेग्मीले १ लाख ११ हजार १ सय ५५ रुपैयाँ, तुलसीपुर निवासी नरेशराज भण्डारीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, हिमाल एकेडेमीबाट १ लाख २५ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

यसैगरी तुलसीपुर बस्ने कुन्ति न्युरे परिवारको तर्फबाट ७५ हजार १ सय ७५ रुपैयाँ प्राप्त भएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका-११ जसपुर निवासी हाल अस्टे्रलिया बस्ने कौशिला केसीका बुवा धनबहादुर केसी र आमा शुशिला केसीले ५५ हजार ५ सय ५५ रुपैयाँ, तुलसीपुर निवासी एकराज आचार्यले ५६ हजार ६ सय ५६ रुपैयाँ, जसपुर बस्ने टेकबहादुर डाँगी वैद्यबाट ५५ हजार ५ सय ५५ रुपैयाँ , केशवराज खरेलबाट ५५ हजार ५ रुपैयाँ प्राप्त भएको छ ।

आश्रमको भवन निर्माणका लागि लायन्स क्लबबाट १ करोड ३० लाखको प्रतिवद्धता आएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाबाट ५ कोठा बनाउने प्रतिवद्धता आएको छ ।

यस्तै दंगीशरण गाउँपालिकाले १ वटा, शान्तिनगर गाउँपालिकाले १ वटा, प्रदेश सांसद रेखा शर्माले १ वटा कोठा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कथा वाचन प्रत्येक दिन बिहान ११ देखि अपरान्ह ४ बजेसम्म हुने गरेको छ । मानव सेवा आश्रमको करिब १५ करोड लगानीमा भवन निर्माण हुन लागेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ र ७ को सिमाना हलवारमा बन्न लागेको भवन निर्माणका लागि महायज्ञबाट करिब ५ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस