तुलसीपुर, १३ माघ ।
मानव सेवा आश्रमको भवन निर्माणार्थ आजदेखि संचालन हुन लागेको वडा श्रीमत् भागवत ज्ञानविज्ञान महायज्ञमा बस नि : शुल्क संचालन हुने भएका छन् ।
तुलसीपुर-७ का अध्यक्ष राम बहादुर जिसीको पहलमा सात वटा विद्यालयले बस निशुल्क उपलब्ध गराउने भएका हुन् ।
अमर स्कुलका तीन, त्रिदेव स्कुलका २, ज्ञानजोति स्कुल र हाम्रो पहुँचका ३/३ वटा, मेरी गोल्ड स्कुलका २, दिब्य कुञ्ज स्कुल र वाल सहारा स्कुलका १/१ वटा गरी १५ वटा बसले महायज्ञको शोभायात्रामा सहभागी हुन चाहनेलाई निशुल्क सेवा दिनेछन् ।
बसले बिहान साढे ९ बजेतिर विभिन्न ठाउँबाट महायज्ञमा आउनेहरुलाई यातायात सेवा दिने भएका छन् ।
वडा अध्यक्ष जिसीले बस निशुल्क उपलब्ध गराएकोमा विद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले बसले धेरैलाई सहजता बनाउने बताउनुभयो ।
तोकिएका बसमा चढेर आएमा भाडा नलाग्ने उहाँले बताउनुभयो ।