२०८१ फाल्गुन १ गते बिहिवार

समाजसेवी महताराले मानवसेवा आश्रममा मनाए जन्मदिन

तुलसीपुर, १० माघ । तुलसीपुर-६ गोलौरा निवासी टोप बहादुर महताराले जन्मदिनको अवसरमा मानव आश्रममा रहेका सडक मानवहरुलाई विहानको खाना खुवाउनु भएको छ ।

महताराले (बुधवार) ५० औँ जन्मदिनको अवसरमा तुलसीपुर-६ गाइडहरमा रहेको मानवसेवा आश्रमा रहेका मानवहरुलाई खाना खुवाएर जन्मदिन मनाउनुभएको हो ।

जन्मदिनमा फजुल खर्च गर्ने प्रवृति बढ्दै गएको समयमा महताराले खाना खुवाएर जन्मदिन मनाउने निणर्य गर्नुभएको हो ।जन्मदिन मनाउने शैलीले समाजमा सहयोगी भावनाको विकास गरोस भन्ने उद्देश्यले आश्रममा पुगेको महताराले बताउनुभयो ।

महताराले जन्मदिनमा खानपिन गरेर फजुल गर्नुभन्दा आश्रममा रहेका मानवहरुलाई सहयोग गर्दा बढी आत्मसन्तुष्टी प्राप्त हुने गरेको बताउनुभयो ।जन्मदिन मनाउन महतारा संगै उहाँकी श्रीमती गिता देवकोटा महतारा पनि आश्रम पुग्नुभएको थियो ।

त्यस अवसरमा आश्रमका गरीमा लक्ष्मीनारायण तथा बालगोपालहरुलाई जन्मदिनको अवसरमा खाना खुवाएर असल कर्म गरेको भन्दै महतारालाई मानव सेवा आश्रम दाङका प्रमुख हिरु जोशीले जन्मदिनको शुभकामनासंगै धन्यवाद ज्ञापन गर्नुभयो ।

असल कर्मले समाजमा सहयोगी भावनाको विकासमा थप टेवा पुगेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस