२०८१ असार ३० गते आइतवार

महायज्ञ सफल बनाउन आवश्यक सहयोगको प्रतिवद्धता

तुलसीपुर, १० माघ । मानव सेवा आश्रम तुलसीपुरको भवन निर्माणार्थ आयोजना हुन लागेको महायज्ञ सफल बनाउन तुलसीपुर ७ भित्र रहेका टोल विकास संस्थाका अध्यक्षहरुसंग छलफल गरीएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ७ को कार्यालय खर्चवामा भएको छलफलले महायज्ञमा सक्रिय रुपमा सहभागीता जनाउने निणर्य गरेको वडा अध्यक्ष राम बहादुर जिसीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालीका वडा नं ४ र ७ को सिमानामा रहेको कालीका मालीका मन्दिर परिसरको जग्गामा भवन निर्माणका लागी महायज्ञको आयोजना गरीएको छ ।

महायज्ञ माघ १३ गते देखि २० गतेसम्म सञ्चालन हुन लागेको हो । सोही तयारी स्वरुप आज (बुधबार) वडा कार्यालयमा छलफल गरीएको हो । छलफलले मानव सेवा भवन निर्माणका लागि वडा नंम्बर ७ भित्र रहेका सम्पूर्ण टोल विकास संस्थाको तर्फबाट ५ हजार ५ देखि माथि इच्छा अनुसार संकलन गरी वडा कार्यालय मार्फत सहयोग गर्ने निणर्य गरेको वडा अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

शोभायात्रामा सम्पूर्ण टोल विकास संस्थाको तर्फबाट कला संस्कृति र परम्परा झल्कने गरी झाकी जुलुसमा सहभागिता जनाउने निणर्य गरेको छ । यसैबिच छलफलले महायज्ञलाई सफल बनाउन वडा अध्यक्ष जिसी संयोजक रहनेगरी सम्पूर्ण वडा सदस्यलाई सहसंयोजक, वडा सचिवलाई सदस्य सचिव र टोल विकास संस्थाका अध्यक्षहरुलाई सदस्यमा चयन गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस