२०८१ बैशाख ५ गते बुधवार

वडा नम्बर १३ को बन्यो, प्रशासनिक पक्कि भवन

तुलसीपुर, ८ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयको पक्की भवन बनेको छ । निर्माण भएको भवनको सोमबार उद्घाटन गरिएको छ । भवनको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्नुभएको हो ।

वडाले करिब ७ वर्षपछि आफ्नो पक्कि भवन पाएको हो । यसअघिको जिणर् अवस्थाको भवनबाट सेवा प्रवाह गर्दा वर्षामा चुहिने समस्या रहेकोमा अबदेखि पक्कि भवन निर्माण भएको हो ।

करिब ४३ लाखको लागतमा वडाको चार कोठे भवन निर्माण भएको हो । वडाको प्रशासनिक भवन बनेसंगै सेवा प्रवाहमा सहजता आउने वडा अध्यक्ष मोहन पौडेलले बताउनुभयो । वडा अध्यक्षमा निर्वाचित भएपछि वडाको प्रशासनिक भवन निर्माण गर्न सफल भएको उहाँले बताउनुभयो ।

जिणर् अवस्थाको भवनबाट सेवा प्रवाहमा समस्या हुन थालेपछि गतवर्ष बजेट बिनियोजन गरी भवन निर्माण गरिएको वडा सचिव चन्द्र बहादुर डाँगीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, तुलसीपुर-७ का अध्यक्ष रामबहादुर जिसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्का, रेडक्रस दाङका उपसभापति हरिहर पौडेल, नेकपा समाजवादी प्रदेश कमिटी सदस्य यम कुमारी खड्का लगायतले वडाको पक्कि भवन निर्माणले नागरिकलाई सेवा प्रवाहमा सहजता आउने बताउनुभयो ।

वडामा २०७८ को जनगणना अनुसार करिब ६ हजार जनसंख्या रहेको छ । कार्यक्रमको सहजीकरण देवीराम कुसारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस