२०८१ बैशाख ११ गते मङ्गलवार

देउखुरी बस दुर्घटना अपडेट : मृतक दुवै जनाको सनाखत

दाङ, ८ माघ । देउखुरीमा बस दुर्घटनामा परी मृत्यु हुने दुवै जनाको सनाखत भएको छ । घटनास्थल पुग्नु भएका पत्रकार यमराज कोईरालाका अनुसार मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका-१ बस्ने वर्ष ३६ का भीमनाथ योगी र मधुवन नगरपालिका -२ अमरपुर गाउँ बस्ने युवराज चौधरीको मृत्यु भएको छ ।

बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ ।

बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रुबहाक बस लमही नगरपालिका -९ रिहार नजिकै गएराती १२ बजेतिर दुर्घटना भएको हो ।

बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन भने चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन् ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस