२०८१ मङ्सिर २३ गते आइतवार

चोकको नाम राख्न तछाडमछाड

तुलसीपुर, ६ माघ । तुलसीपुरको एउटा चोकको नाम राख्न प्रतिष्पर्धा हुन थालेको छ । तुलसीपुर बजारको मूख्य चोकहरुमध्य विरेन्दचोक, विपि चोक, जेसीज चोक, बाहिनी चोक र मदन आश्रीत चोकको नाम जन जिव्रोमा छ । जसमध्ये बाहिनी चोक भने हरेक साता नयाँ नामले चिनिन थालेको छ ।

चोकको विवादमा ल्याउने कामको बिजारोपण भने तुलसीपुर उपमहानगरपालिका आफैले गरेको देखिन्छ ।

मिति २०८० साल जेठको ७ गते तुलसीपुर उपमहानगरपालीकाले जारी गरेको च.नं. ५३३१ को पत्रानुसार राष्ट्रिय शक्ति नेपाल तथा नागरीक अभियान दाङ्गलाई सम्वोधन गरी लेखेको पत्रमा नगरप्रमुख टिकाराम खड्काले हस्ताक्षर गरेका छन् ।

जुन पत्रमा पृथ्वीनारायणको शाहको शालिक राख्न अनुमति दिएको व्यहोरा उल्लेख छ ।

पछिल्लो समय चोकको विवाद भएपछि मात्रै पत्र सामाजिक संजालमा भाइरल बनेको छ भने नाम राख्न प्रतिष्पर्धा चल्न थालेको छ ।

पत्रमा तुलसीपुर उपमहानगरपालिकाको मिति २०७९ फागुन २६ गते बसेको नवाँै कार्यपालीकाको बैठकवाट अनुमती दिएको उल्लेख छ ।

पत्रममा तुलसीपुर उपमहानगरपालीका वडा नं ५ सिद्धार्थ टोल र चाँदनी टोल विकास संस्था अन्तरगत बाहिनी चोकमा पृथ्वी नारायण शाहको शालिक स्थापना गर्न अनुमती दिने निणर्य भएको लेखीएको छ ।

पछिल्लो पटक केहि युवाहरुले चोकको नाम पृथ्वीनारायण चोक नामाकरण गर्ने गरी बोर्ड राखेपछि मूख्य रुपमा चोकको विवाद यहीबाट सुरु भएको देखिन्छ ।

यही शालिक स्थापना गर्ने आशयको पत्रलाई आधार मानेर चोकको नाम नै परिवर्तन गर्ने प्रयास भयो । प्रयास स्वरुप पुस २१ गते तुलसीपुरको बाहिनी चोकमा केहि युवाहरुको समुहले पृथ्वीनारायण चोक नामकरण गरेर बोर्ड राखे ।

लगत्तै तुलसीपुरमा आफुखुुशी चोकको नामाकरण गर्न नपाइने भन्दै वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको थियो । बोर्ड समेत हटाइएको थियो ।

चोकको नाम राख्ने स्थानीय पालिकाको काम भएकोले व्यक्तिले आफुखुशी नाम राख्न नपाउने उहाँको भनाई छ । भण्डारी अहिले पनि यो भनाईमा अडीग देखीनुभएको छ ।

यसरी चोकको नाम परिवर्तन भएपछि सामाजिक सञ्जालमा चोक बिवाद दिनप्रतिदिन तातिदै गएको छ । यस अघि आफनो वडाभित्र पर्ने विभिन्न स्थानमा जथाभावी नामाकरण गरेर राखीएका बोर्ड हटाइ छाड्ने उद्घोष गरेका वडा अध्यक्ष भण्डारीले अन्तत : पुस २५ गते दिउसो तुलसीपुर उपमहानगरपिालीकाका बजार ब्यवस्थापकहरुको सहयोगमा बोर्ड हटाइछाडे । पृथ्वीनारायणको नाम हटाएर त्याहाँ नेत्रलाल चोक नामाकरण समेत गरियो ।

तर त्यो धेरै दिन रहन पाएन । बाहीनीचोकमा पृथ्वीनारायण शाहको नामाकरण गरेर राखीएको बोर्ड हटाएपछि विवाद थप चुलिदै गयो । चोक विवादकैबिच नेत्रलाल चोक नामाकरण गरिएको ब्यानर राखीएको थियो । सोही ब्यानर पनि नवौँ दिनमा फालेपछि नेत्रलाल फेरी शहिद भएका छन् । रोट्याक्ट क्लब अफ र रोटरी कल्व तुलसीपुरका पदाधीकारीले नेत्रलाल चोक लेखीएको ब्यानर माघ ४ गते बिहिवार साँझ हटाएका हुन् ।

चोकको नाम जे राखेपनी क्लबको कुनै आपत्ति छैन : महासचिव शर्मा
बिगत चार वर्ष अघि तुलसीपुरको बाहिनी चोकमा सवारी दुर्घटना हप्तामै ३ वटा भन्दा बढी हुन थाले । यसरी हरेक समय भइरहने सवारी दुर्घटना कसरी न्युनिकरण गर्न सकिन्छ ? भन्ने सवैको चासो र चिन्ताको विषय बन्यो । तत्कालीन रोटरी क्लब तुलसीपुरका अध्यक्ष सुरेश हमाल र रोट्याक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष प्रमिस लामीछानेकोे नेतृत्वमा जनप्रतिनिधि सहितको छलफलमा आईल्याण्ड राख्ने निणर्य बमोजिम त्यहाँ निर्माण गरिएको रोटरी क्लब तुलसीपुरका महासचिव रुपेश शर्माले बताउनुभयो ।

चोक नामाकरणका सन्दर्भमा नाम जे राखेपनि क्लबको कुनै विमति नरहेको बताउनुभयो । सवारी दुर्घटना न्युनिकरणका लागि निर्माण गरेको आईल्याण्डमा नानाथरी नामाकरण गरेर हैरान पारेको भन्दै उहाँहरुले नेत्रलाल चोक लेखेको व्यानर हटाइदिन तुलसीपुर उपमहानगरपालीकालाई आग्रह समेत गर्नुभएको थियो । उपमहानगरकै सल्लाह बमोजिम नेत्रलाल चोक लेखिएको व्यानर माघ ४ गते बिहिवार साँझ हटाएर रोट्याक्ट र रोटरीको ब्यानर राखीएको शर्माले बताउनुभयो ।

निणर्य अहिले गायब भएको छ : अध्यक्ष भण्डारी
नेत्रलाल नामाकरण गरिएको ब्यानर हटाइएपछि तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीले सामाजिक सञ्जालमार्फत आफनो धारणा सार्वजनिक गर्नुभएको छ ।

बजारका मुख्य चोकहरूको नामाकरण वि.स. २०५४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यपालिका र नगर परिषदले गरेको छ । सबैलाई यो जानकारी हुँदाहुँदै पनि सबै चुप छन् । हाल बाहिनी चोकले चिनिने चोकलाई नेत्रलाल चोक, जेसिजले आईल्याण्ड राखेको चोकलाई पुष्पलाल चोक, सुनिल स्टेशनरी नेरको चोकलाई गणेशमान चोक, तुलसी बोडिङ चोकलाई चन्द्रमान थकाली चोक नामकरण गरिएको थियो ।

यसको निणर्य अहिले गायब भएको छ । तर तत्कालीन जनप्रतिनिधि र कर्मचारीसंग जानकारी लिदा समेत कुरा प्रष्ट हुन्छ । वि.स. २०५४ को निणर्यलाई कार्यान्वयन गर्नमा ढिलाई गरे समस्या झनै बल्झिने छ । यदि निणर्य नभेटिएपनि यहि अनुसार निणर्य गरि अगाडि बढ्नुमा सबैको हित हुनेछ ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस