२०८१ बैशाख ५ गते बुधवार

जन्मदिनको अवसरमा गिरीले क्याम्पसलाई गरे ३० हजार सहयोग

सल्यान, ५ माघ । कपुरकोट बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गा बहादुर गिरीले आफ्नो जन्मदिनको अवसरमा कपुरकोट बहुमुखी क्याम्पसलाई ३० हजार सहयोग प्रदान गर्नुभएको हो ।

कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोट निवासी कांग्रेसका नेता तथा सामाजिक अभियान्ता गिरीले बिहिबार आफ्नो ५४ औं जन्मदिनको अवसरमा कपुरकोट गाउँपालिकालाई सहयोग गर्नुभएको हो ।

क्याम्पस आर्थिक वर्ष २०७०/०७१ देखि नबिकरण नभएको भन्दै नविकरणका लागि आफुले आर्थिक सहयोग गरेको गिरीले बताउनुभयो

सल्यान क्षेत्र नम्बर (ख) का नेपाली काँग्रेसको पुर्ब सभापति समेत भएका गिरीले केही दिन अगाडी कालिका माध्यमिक विद्यालयलाई पनि १० हजार सहयोग गर्नु भएको थियो ।

जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर क्याम्पसलाई सहयोग गरेर आम नागरिकले शिक्षामा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्यले क्याम्पसको नबिकरणका लागि केही सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको उँहाको भनाई छ ।

क्याम्पसका अध्यक्ष गिरीले क्याम्पस प्रति पुर्याएको योगदान र समाजमा फौएको सकारात्मक सन्देशको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन,उपाध्यक्ष प्रकाश भण्डारी,शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी,नेपाल शिक्षक संघ सल्यानका अध्यक्ष बामदेब अधिकारी लगायतकाले प्रसंशा गर्नु भएको छ ।

गिरीले गरेको सहयोग सहयोग रकम क्याम्पस प्रमुख रुपलाल एरीले बुझ्नु भएको छ ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस