२०८१ माघ ९ गते बुधवार

अर्गानिक कृषिजन्य वस्तु उत्पादन बढाउनुपर्नेमा जोड

तुलसीपुर,४ माघ । विषदीयुक्त कृषीजन्य वस्तुको उत्पादनले मानव स्वास्थ्यमा गम्भिर समस्या ल्याउन थालेकाले अर्गानिक कृषिजन्य वस्तु उत्पादनमा जोड दिनुपर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

उनीहरुले नेपालीको भान्सा विषयुक्त बन्दै गरेकोले अर्गानिक कृषि प्रणालीलाई जोड दिनुपर्ने बताएका छन् ।

कृषि तथा भुमि व्यबस्था मन्त्रालय लुम्बिनी प्रदेशका कृषि प्रसार अधिकृत अनिल बनियाले खाद्यवस्तुमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा मानव स्वास्थ्यमा गम्भिर संकट पर्न थालेको बताउनुभयो । उहाँले अर्गानिक खेती उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

कृषि पत्रकार कृष्ण खनालले बालीमा सामान्य समस्या देखिदा वित्तिकै बिषादि किन्न एग्रोभेट कुदिहाल्ने समस्या रहेको बताउनुभयो ।

पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र दाङको आयोजनामा तुलसीपुरमा भएको अर्गानिक कृषि पत्रकारिता सम्बन्धि तालीम भएको हो ।

पत्रकार अमरक्षितिज भण्डारीले अर्गानिक भन्ने मापदण्ड नै नहुँदा समस्या रहेकोे बताउनुभयो । स्थानिय,प्रदेश र संघिय सरकारले किसानका लागि विशेष योजना नल्याउँदा किसान उत्साहित नभएको उहाँको भनाई छ ।

गन्यारी कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरीले संस्थाले अर्गानिक खेति प्रणालीलाई जोड दिएको बताउनुभयो । यसवर्ष तिल्की धान खेती गरेकोमा राम्रो उत्पादन भएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका सह-सचिव दिप्तिशिखा चौधरीले अर्गानिक उत्पादनका लागि किसानलाई सचेतना फैलाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नगर प्रमुख खड्काले अर्गानिक उत्पादन बजारमा भजाउने काम मात्र भैरहेको बताउनुभयो । अर्गानिक भनेर बजारीकरण गर्ने तर उत्पादन गर्दा रासायनिक मल र विषादिको अत्यधिक प्रयोग गर्ने किसानको दोहोरो चरित्रले पनि समस्या अझैँ दिनप्रतिदिन बढेको उहाँको भनाई छ ।

अर्गानिक कृषि खेतिमा किसानलाई जोड दिने उद्देश्यले तालीमको आयोजना गरिएको पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिनुभयो ।

पत्रकार,व्यसायीक किसान, सहकारीकर्मी लगाएत २५ जना प्रशिक्षाार्थिहरूको सहभागीता रहेको थियो । प्राङगारीक कृषिको महत्व र आवश्यक्ता तथा कृषि पत्रकारीताका विषयमा तालिम प्रदान गरिएको हो ।

तालिमको प्रशिक्षकहरूमा कृषि तथा भुमि व्यबस्था मन्त्रालय लुम्बिनी प्रदेशका कृषि प्रसार अधिकृत अनिल कुमार बनिया र कृषि पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण खनाल रहनुभएको थियो । उद्घाटन कार्यक्रमको सहजिकरण केन्द्रका सचिव मेनका शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस