![](https://ekapinews.com/wp-content/uploads/2022/07/nirbachan-aayog.jpg)
दाङ, २ माघ । यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आचारसंहिता माघ १२ गतेसम्म जारी रहने छ ।
कुनै सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न वा गराउन नपाउने, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन यस अवधिमा पाइने छैन ।
कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन पनि नपाइने आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन पनि पाइने छैन ।