पाएका ती घातको त हिसाब के हुन्थ्यो र
झुटा मिठा बातको त हिसाब के हुन्थ्यो र ।।
कति आँसु खसी रहे कति भित्रै जमे पनि
अनिदा ती रातको त हिसाब् के हुन्थ्यो र।।
मुक्तक
छुटनै पर्ने भयो आखिर छुटनै पर्ने भयो
जतन गरि राखेको मन टुटनै पर्ने भयो ।।
सपना त देखेकै हो संगै बाच्ने मर्ने
अब एक्लै अघि बढन जुटनै पर्ने भयो।।
मुक्तक
हो मैले हाँसी- हाँसी विदा दिईरहेछु
त्यो सबै घृणा फाली माया लिईरहेछु।।
जीवनले आफ्नो यात्र आफै तैयार गर्छ
सबै छोडी नियतिको पछि हिँडिरहेछु ।
मुक्तक
कोही नभेटेरै छुट्टिए कोही भेटेर छुट्टिए,
छुट्टिनेहरू बिच सफरमा पुगेर छुट्टिए ।
प्रेमगर्दा दिलले सोचेर प्रेम गर्नेहरू पनि,
आखिर छुट्टिदा मस्तिष्कले सोंचेर छुट्टिए ।
मुक्तक
एउटालाई चोट लाग्दा दुख्थ्यो गाउँनै पहिले
जिउंदै आगो सल्काएर मार्न थाले अहिले
खै के हुन लाग्या होला जुध्छन् सबै अचेल
मुटु दुख्ने खबर मात्र आउँछन् किन जहिले |
मुक्तक
औँसीको रातमा पूर्णिमाको त्यो जुन, खोज्छ मान्छे
बाँचुन्जेल बैगुन देख्नेको मरे पछि गुन, खोज्छ मान्छे
यहाँ धन भन्दा ठुलो जीवन, प्रेम होइन रहेछ महोदय
जीवन जलाउनु अगाडि सम्झिएर सुन, खोज्छ मान्छे |
मुक्तक
खुसि दिने बहानामा आफु पल पल मर्नु पर्ने
मर्न डर लाग्छ तर कालको नजिक सर्नु पर्ने
खुकुरीको चोट हुन्छ अचानोलाई मात्र थाहा
बिस्वास माथि घात हुदा नचाहेरै गर्नु पर्ने |
मुक्तक
त्येसैले त भन्ने गर्छन जिउन सक्नु पर्छ यहाँ
जहर पनि अमृत मानी पिउन सक्नु पर्छ यहाँ
बाच्न जाने यो जिन्दगी दुइ आँखाको नानी बन्छ
पिर ब्याथा मनै भित्र सिउन सक्नु पर्छ यहाँ …l
मुक्तक
गन्तब्यलाइ खोज्दै हिड्दा शरीर नै गल्यो
मन भित्रका अनेक चाह भस्म हुदै बल्यो
चाह राख्नु अबिसाफ बन्दै गए पछी आज
धड्कन चल्छ तर शरीर जिउदो लास भै ढल्यो |