२०८० फाल्गुन १५ गते मङ्गलवार

तुलसीपुरमा १८ वर्षकी किशोरी ईट्टाभट्टाले बनाएकाे टहराभित्र मृत अवस्थामा फेला

दाङ, १२ पुस । तुलसीपुरमा एक बालिका मृत अबस्थामा फेला परेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ पहरुवाका नर बहादुर रैदाशको छोरी बर्ष १८ वर्षका धारा रैदाश आज बिहिबार मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

घरदेखि  करिब ५०/६० मिटर दक्षिण तर्पm तुलसीपुर १६ का मदन केसीले संचालन गरेको एमटी ईट्टाभट्टाले बनाएको खाली टहरा भित्र मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

अहिले उक्त ईट्टाभट्टा सञ्चालनमा नरहेको मल्लले बताउनुभयो ।  मृत भेटिएका बालिकालाई बाख्रा चराउन गएका गोठालाले देखिपछि प्रहरीलाई खबर गरेका थिए । 

शवलाई पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलासीपुर ल्याइएको छ । मृतक बालिकाको शरिरमा कुनै घाउ चोट पटक देखिएको छैन ।  मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस