२०८१ बैशाख ११ गते मङ्गलवार

नेपाली कांग्रेस रूण्टीगढीले वडा सम्मेलन गर्ने

कमल खड्का ।
रोल्पा, १२ पुस । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका रोल्पाले वडा सम्मेलन गर्ने भएको छ ।

नेपाली काङ्ग्रेसको विद्यान अनुसार प्रत्येक वर्ष गर्नु पर्ने सम्मेलन यस वर्ष पनि गर्न लागेको नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सचिवालयले जानकारी दिएको छ।

वडा नम्बर ४ बाहेक अन्य ८ ओटै वडाहरुमा पौष १४ र १५ गते वडा सम्मेलन हुदैछ । वडा सम्मेलन गरि सके पछि नेपाली काङ्ग्रेसको रुन्टीगढी गाउँपालिका कार्यसमितिको बैठक बस्ने भएको छ।

बैठक पौष २२ गते बिहान ११ बजे पार्टी कार्यालय होलेरीमा बस्ने भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस