दाङ, ११ पुस । लुम्बिनी प्रदेशमा अन्धोपनको समस्या बढेको देखिएको छ । सन् २००८ देखि २०१० मा गरिएको सर्वेक्षणमा शुन्य दशमलव ३८ प्रतिशत रहेकोमा सन् २०१८ देखि २०१९ को सर्वेक्षणमा बढेको देखिएको छ । दोस्रो पटकको सर्वेक्षणका अन्धोपनको समस्या २ दशमलव १ प्रतिशतले बढेको छ ।
जनचेतनाको अभाव, जथाभावी औषधीको प्रयोग, बढ्दो जनघन्त्व र गरिबीको कारण आँखामा समस्या भई जलविन्दु तथा मोतियाबिन्दुको कारण प्रत्येक वर्ष आँखाको अन्धोपनको समस्या बढ्दो रुपमा रहेको तथ्याङकले देखाएको हो ।
तथ्याङक अनुसार ४१ प्रतिशत नागरिकले अझै पनि आँखा उपचार गर्न जरुरी नरहेको देखिएको छ । २० प्रतिशत नागरिहरुको आँखा उपचारमा पहुँच पुग्न सकेका छैन् । ३६ प्रतिशत नागरिकले आर्थिकको कारणले उपचार सेवा लिन नसकेको देखिएको छ भने ३ प्रतिशतले अन्यको कारणले सेवा लिन नसकेको तथ्याङकले देखाएको छ ।
यसैबिच चार दशकको अवधिमा राप्ती आँखा अस्पताल तुलसीपुर, लमही आखा अस्पताल, छन्द (कालेबाबु) नारायणी अस्पतालबाट ३६ लाख ७१ हजारले सेवा लिएको नेत्ररोग विशेषज्ञ तथा आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक समशेर थापाले जानकारी दिनुभयो ।
जसमा २ लाख २६ हजार बढीले अप्रेसन मार्फत गुमेको आँखाको ज्योति पाएका छन् । ५ लाख ४६ हजार बढीलाई निशुल्क सेवा दिएकोमा ४३ हजार बढीलाई आँखा अप्रेसन गरेर निशुल्क सेवा दिएको थापाले बताउनुभयो । आज राप्ती आँखा अस्पताल रक्षाचौरमा आयोजित सामाजिक परिक्षण कार्यक्रममा थापाले आखाँ उपचार सेवाको तथ्यांक प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्लाका विभिन्न पालिकाहरूमा राप्ती आँखा अस्पतालको समन्वय विना नै आँखा स्वास्थ्य शिविरको आयोजना भइरहेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले नागरिकहरुलाई अन्धोपनाबाट बचाउनको लागि पालिकाले अस्पतालसंग सहकार्य गदै आएका बताउनुभयो ।
नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द सुवेदिको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण राप्ती आँखा अस्पताल रक्षाचौरका सूचना अधिकारी बालाराम खड्का र रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको हो ।