२०८१ असार ३० गते आइतवार

ट्राफिक प्रहरीको हेल्मेट चोरी गर्ने टिप्पर चालक पक्राउ

तुलसीपुर, ६ पुस ।
दाङको तुलसीपुरमा ट्राफिक प्रहरीको हेल्मेट चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रा १ ख २२५८ नम्बरको टिप्पर चालक तुलसीपुर ९ बेलुवाका ३५ बर्षीय शेरबहादुर बुढालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढाले तुलसीपुरको बसपार्क स्थित सडक छेउमा मोटरसाइकलसँगै राखेको ट्राफिक प्रहरीको हेल्मेन्ट चोरी गरेका हुन् ।

ट्राफिक प्रहरीले वसपार्कमा जेब्राक्रसिङ बनाउदै गरेको अवस्थामा हेल्मेट चोरेर भागेका उनलाई अटोभिलेजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस