२०८१ चैत्र ८ गते शुक्रवार

सुरक्षित नागरिक आवासको ६ करोड बढी फिर्ता

दाङ, २ पुस । दाडसहित साविक राप्तीका चार जिल्लामा सुरक्षित नागरिक आवासका लागि सरकारकाबाट आएको बजेटमध्ये ६ करोड बढी रकम फिर्ता भएको छ । आर्थिक वर्ष २०७९/०८० मा नागरिक आवास कार्यक्रम अन्तर्गत आएको कुल बजेटमध्ये ६ करोड बढी रूपैयाँ खर्च हुन नसकेर फिर्ता भएको हो ।

संघीय सरकारले खरको छानो हटाएर टिनको छानो लगाउनका साविक राप्तीका दाङ, रोल्पा, प्युठान, रुकुम पुर्वमा सुरक्षित नागरिक आवासको लागि आएको बजेटमध्ये ६ करोड १९ लाख ३७ हजार ७ सय ८७ रूपैयाँ खर्च हुन नसकेको सघन शहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ ।

कार्यक्रमको कार्यान्वयन गर्ने स्थानीय पालिकाको कमजोरीका कारण बजेट खर्च हुन नसकेको हो । संघीय सरकारले नागरिकलाई सुरक्षित आवासअन्र्तगत घरमा खरको छानो हटाएर टिन लगाउनका लागि बजेट पठाए पनि त्यसको प्रभावकारी कार्यान्वयन पालिकाहरूले गर्न नसकेको बजेट फिर्ता हुनुले पुष्टि गरेको छ ।

संघीय सरकारले चार जिल्लाका लागि आर्थिक वर्ष २०७९/०८० मा १७ करोड ३४ लाख ७५ हजार बजेट विनियोजन गरेको थियो । गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस