२०८१ असोज १८ गते शुक्रवार

अझै फर्किएन, शेयर बजारमा सकारात्मक लय

दाङ, १५ मंसिर । शेयर बजारमा लगातार गिरावट आउदा यस प्रतिको उत्साह घटेको छ । यस साता बजार मापक सूचक एक दिनमा जति अंकले बढेको थियोे त्यति नै अंक चार दिन लगाएर घटे पछि लगानिकर्ता निराश भएका छन् ।

यस साताको पहिलो कारोबार दिन आइतबार ४७।७५ अंकले बढेर नेप्से १९०७।९५ विन्दुमा पुगेको थियो । तर, त्यसपछि निरन्तर चार दिन घट्दा बजार ले थप निरासा दिएको छ ।

सोमबार ११.२८, मंगलबार २.१४ ,बुधबार १७.९३ र विहिबार १८।०६ बिन्दुले बजार घटेर १८५८।५३ अङकमा आएको छ । यसरी बिहीबार पनि को गिरावटले बजार लाई अघिल्लो साताको अन्तिम कारोबार दिन भन्दा पनि तल ल्याएको छ ।

अघिल्लो साता कारोबारको अन्तिम दिन १८६०।२० अंकमा रहेको नेप्से परिसूचक यस साता समग्रमा १।६७ अंक घटेर १८५८।५३ विन्दुमा झरेको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन विहिवार सेन्सेटिभ इण्डेक्स ३।२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १।४५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १।३३ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २३ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २८९ स्टकको ३७ हजार ३१ पटकको कारोबारमा १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको ४५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन रुरु जलविद्युत परियोजनाको शेयरमूल्य सर्वाधिक ५।६३ प्रतिशत बढेको छ भने तीन स्टकहरु विजय लघुवित्त, माउन्टेन इनर्जि र युनाइटेड इदी मार्दीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको यस दिन ११ करोड ६७ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस