२०८१ माघ ८ गते मङ्गलवार

कपुरकोटमा सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न शुरु

सल्यान, ७ मंसिर ।
सल्यानको कपुरकोट गाउँपालिकामा वडाबाट सामाजिक सुरक्षा वितरण गर्न शुरु गरिएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्य बिहिबारबाट सम्बन्धित वडा कार्यालयबाटै सुरु गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहिबार वडा नम्बर ६ मा ६० बर्ष माथिका दलित जेष्ठ नागरिक, ६८ बर्ष माथिका अन्य जेष्ठ नागरिक, पुणर् अपांगता भएका तथा अति अशक्त अपांगता भएका गरी १२१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

वडाबाटै सामाजिक सुरक्षा भत्ता पाएपछि लाभग्राही खुशी भएको वडा नम्बर ६ का वडा अध्यक्ष श्यामकृष्ण बोहराले बताउनुभयो । बैंकमा भत्ता ल्याउन जाँदा असहजता हुने भएकाले वडाबाट वितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका कर्मचारीहरु, कुमारी बैंक लिमिटेड, कपुरकोट शाखाका प्रतिनिधि, सुरक्षाकर्मी स्थानिय कर्मचारि लगायतको सहभागितामा भत्ता वितरण गरिएको हो ।

बैंकसम्म नै पुगेर सामाजिक सुरक्षा भत्ता भुझेर ल्याउन जेष्ठ नागरिक, अपांगता भएका लाभग्राहीहरुलाई समस्या हुने भएपछि गाउँपालिकाले बैंक संगको सहकार्यमा वडास्तरबाट नै भत्ता वितरणको प्रवन्ध मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस