दाङ, २७ कात्तिक ।
नेपालमा टिकटक बन्द हुने भएको छ । सरकारले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको हो ।
मन्त्रीपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निणर्य गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निणर्य तत्काल कार्यान्वयनमा जानेछ । त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।
टिकटक बन्द गर्ने निणर्य कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने तर तत्काल बन्द गर्ने निणर्य भएको मन्त्री शर्माले बताउनुभयो । टिकटक बन्द गर्ने सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।
प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार