२०८१ माघ १ गते मङ्गलवार

अभिभावकबिहिनलाई आश्रय प्रदान गर्ने मानव सेवा आश्रमको घोषणा

दाङ, १८ कार्तिक । मानव सेवा आश्रमले भूकम्प प्रभावित परिवारलाई तत्कालका लागि आश्रय प्रदान गर्ने भएको छ ।

भूकम्पमा परी परिवारको सदस्य गुमाएका अनाथ बालबालिका, अशक्त, बृद्धबृद्धा, एकल महिलाहरुलाई तत्काल संरक्षण प्रदान गर्ने मानवसेवा आश्रम जनाएको छ ।

पिडितको संरक्षणका लागि मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशन तयार रहेको आश्रमले विज्ञप्तीमार्फत जनाएको छ ।

यस्तो सेवा आवश्यक रहेमा मानवसेवा आश्रमको ९८५५०७६००१ देखी ९८५५०७६०२४ सम्मका सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सकिने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

आश्रमका अध्यक्ष अधिकारी र आनी छोइङ डोल्मा फाउण्डेशनका अध्यक्ष आनी छोइङ डोल्माले संयुक्तरुपमा विज्ञप्ती जारी गरी विपदको घडिमा सहयोगमा जुट्न सबैमा अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस