२०८१ माघ २ गते बुधवार

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १३६ पुग्यो

दाङ,१८ कार्तिक । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी मृत्यु हुनेको संख्या १३६ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

शुक्रबार मध्यराती ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको हो ।

पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाको मृत्यु भएको छ । भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् ।

भूकम्पपछि सरकारले गएरातिदेखि नै उद्धार थालेको छ । घाइतेको उपचारका लागि सबै संयन्त्र परिचालन गरेको सरकारले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस