२०८१ चैत्र ८ गते शुक्रवार

दाङमा भुकम्पकाे धक्का महशुस

दाङ, १८ कार्तिक । दाङसहित देशैभर शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार राति ११ः४७ बजे देशैभर भूकम्पको धक्का महसुस गरिएको हो।

कर्णाली प्रदेशमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो।

भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन्।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। पश्चिमस क्षेत्रमा लामाे समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन् ।

नेपालको भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको घर्षण भइरहेको छ। हामीकहाँ आउने भुइँचालोको कारण त्यही घर्षण हो। भूगर्भविदहरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ भने पाँच सय वर्षमा १० मिटर हुन्छ।

पश्चिम नेपालमा ८ म्याग्निच्युड हाराहारीको ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियाे ।

विगत पाँच सय वर्षदेखि ठूलो भुइँचालो नगएकाले पश्चिम नेपालको भूसतहमुनि इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन। यसले ठूलो परिमाणको भूकम्पीय शक्ति त्यहाँ जम्मा भएर बसेको छ।

पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्ति त्यति नै ठूलो छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको पुष्टि गर्छ।

भुकम्पपछि नागरिक सडकमा

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस