तुलसीपुर । किवानिज क्लब इन्टरनेशनलको १ दिबशिय कार्यक्रम अन्तर्गत आज दाङको तुलसीपुरमा बृक्षा रोपन तथा बालबालिकालाई पोसण युक्त बितरण कार्यक्रम सम्पन्न भएको छ ।
किवानिज क्ल्ब लुम्बिनी प्रदेशका गभर्नर भुपाल रावतको अध्यक्षता र शान्तिपार्क गणेशपुरका अध्यक्ष डिल्ली भण्डारीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।
किवानिज क्लब लर्ड बुद्धका अध्यक्ष वशि कुमार शर्माले स्वागत तथा उद्देश्य माथि प्रकाश पारेका थिए । प्रमुख अथिती भण्डारीले किवानिज क्लबले गरेको कार्यक्रमको प्रशंसा गर्नु भएको थियो । दाङका ७ वटा किवानिज क्लबहरुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा आयुर्वेदिक बिरुवा निम र फुलका बिरुवा रोपिएको थियो । यसैबीच किवानिज क्लब अफ बबई गठन भएको छ ।
दामोदर भण्डारीको अध्यक्षतामा १९ सदस्यीय गठन भएको छ। किवानिज क्लब अफ लर्ड बुद्ध होस्ट क्लब भएर उक्त क्लब गठन भएको हो । कार्यक्रमको सहजीकरण किवानिज क्लब लर्डका सचीव दामोदर बस्नेतले गर्नु भएको थियो ।