
बिजौरी, २९ असोज । दाङको बिजौरीमा सिसि क्यामरा र सडक बत्ति जडान गरिने भएको छ । बजारलाई सुरक्षित बनाउनका लागि तत्काल सिसी क्यामरा र सडक बत्ति जडान गर्ने योजनामा रहेको बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले बताउनुभयो । उहाँले सिसी क्यामरा जडानका लागि पहल भइरहेको बताउनुभयो ।
बिजौरी बजारलाई सुरक्षित बनाउन अहिले पनि रातीमा चौकीदार राखिएको भन्दै आगामी दिनमा बजारलाई थप व्यवस्थि बनाउन सिसि क्यामरा जडान गरिने अध्यक्ष खड्काले बताउनुभयो ।
बिजया दशमी तथा दिपावलीको अवसरमा संघले सोमबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष खड्काले बजारलाई चलायमान बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले आर्थिक मन्दीको प्रभावमा व्यवसायी परेको बताउनुभयो । आर्थिक मन्दीका कारण संघमा आवद्ध करिब ४० प्रतिशत व्यवसायी विस्थापित भएको उहाँको भनाई छ । उहाँले बैंकले कर्जामा व्याजदर बढाउँदा व्यवसायी मारमा परेको बताउनुभयो ।
‘बैंकको व्याजदर ८ बाट १५ प्रतिशतसम्म पुगेको छ ।’ उहाँले भन्नुभयोे-‘ब्याजदर उकालो लाग्दा व्यवसायी व्यवस्थापित हुने गरेका छन् ।’ कार्यक्रममा संघका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष मुकेश वलीले बिजोरी बजारलाई जोड्ने सडकखण्ड अन्तर्गत रानीवासमा पुल नहुँदा समस्या रहेको बताउनुभयो । उहाँले रानीबास खोलामा पुल निर्माणका लागि पहल गरिरहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण महासचिव दिपक कुमार बस्नेतले गर्नुभएको हो ।