दाङ, २५ असोज । इजरायलमा हमासले गरेको आक्रमणका कारण स्वदेश फर्कन चाहेका नेपाली विद्यार्थी बिहीबार आउने भएका छन् ।
इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली विद्यार्थीको उद्धारका लागि निगमको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
उनीहरूलाई लिएर जहाज बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । पहिलो चरणमा २ सय ५४ जना विद्यार्थी फर्काउन लागिएको जनाइएको छ ।
स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने र त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने इरानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार