२०८१ कार्तिक २० गते मङ्गलवार

दाङमा एकै रातमा अवैधरुपमा दुई सय रुख कटानी

दाङ, २४ असोज । दाङमा एकै रातमा अवैधरूपमा करिब दुई सय रुख काटिएका छन् । घोराही उपमहानगरपालिका-१ र बंगलाचुलीको सीमा जोड्ने स्वाखोला क्षेत्रको राष्ट्रिय वनमा असोज १७ गते झण्डै दुई सयको हाराहारीमा साल, अस्ना, सिमल, जामुनलगायतका रूखहरू काटिएका हुन् ।

अज्ञात समूहले एकै रातमा उक्त क्षेत्रका रूखहरू अवैध फंडानी गरेको पाइएकोले अनुसन्धान थालिएको वन कार्यालय घोराहीका डिएफओ मोहनलाल श्रेष्ठले जानकरी दिनुभयो ।

उहाँका अनुसार अनुसन्धान अधिकृत तोकी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । श्रेष्ठले साल, असनाका ७१ वटा ठूला रुख र सिमल, जामुनलगायत विभिन्न प्रजातिका २५ वटा साना ठूला रुख समेत कटान गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस