तुलसीपुर, २२ असोज । दलित महिला जनप्रतिनिधिको तुलसीपुर उपमहानगरपालिका स्तरिय संजाल गठन गरिएको छ । दलित महिला संघ दाङले निर्वाचित दलित महिला जनप्रतिनिधिको नगरस्तरिय संजाल गठन गरेको हो ।
कार्यपालिका सदस्य यमुना परियारको संयोजकत्वमा नगरस्तरिय संजाल गठन गरिएको दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले जानकारी दिनुभयो । संजालमा नगरभित्रका दलित महिला जनप्रतिनिधिहरु रहेका छन् ।
संजालले तुलसीपुरमा हुने दलित, महिला,बालबालिकाको अधिकार सुरक्षित गराउन पहल गर्ने भएको छ । समाजमा जात, धर्म, लिंगको आधारमा हुने विभेदलाई अन्त्य गरी भेदभावरहित समाजको निर्माण गर्न संजालको गठन गरिएको हो ।
अध्यक्ष कराराले संजाल गठनको उद्देश्यमाथि प्रकाश पार्दै समाजमा भएको हानिकारक मूल्य मान्यताको बिरुद्व वकालत गरि मानव अधिकारको रक्षा गर्ने र दलित सम्बन्धि बनेका कानुन सफल कार्यान्यन गर्न पहल गर्ने बताउनुभयो ।
संघका सदस्य सीतरा नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका सचिब गंगा बिश्वकर्माले गर्नुभएको हो ।