२०८१ माघ ९ गते बुधवार

राप्ती राजमार्ग अन्तर्गत कपुरकोट खण्डमा ट्राफिक संकेत राख्न शुरु (तस्बिरहरु)

कपुरकोट, २२ असोज । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिकाका विभिन्न स्थानमा ट्राफिक संकेत राख्न शुरु गरिएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा पर्ने राप्ती राजमार्गका विभिन्न स्थानहरुमा सचेतनामुलक र ट्राफिक चिन्हहरु राख्न सुरु गरिएको हो ।

कपुरकोट गाउँपालिकाको आर्थिक व्यवस्थापन , कपुरकोट गाउ ँप्रहरी बल, नेपाल प्रहरी र ट्राफिक प्रहरीको समन्वय र सहकार्यमा यस अघि पनि दर्जन बढि सचेतनामुलक बोर्ड र ट्राफिक चिन्हहरु राखिएकोमा सोमबार अझ थप गरिएको छ ।

छिट्टै रात्री समयमा रिफलेक्न समेत हुने बोर्डहरु अफ्ठयारा घुम्तिहरु र जोखिमयुक्त स्थानहरुमा राखिने गाउँपालिकाले जनाएको छ । यस्तै वर्षाको कारणले पहिरो आउँदा साघुरो भएको सडकलाई सडक विभागको ब्याक्वोलोडर प्रयोग गरि मर्मत कार्य पनि सुरु गरिएको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले सोमबार भएको सरोकारवालाहरुको बैठकको निणर्यअनुसार सडक बिभागलाई जटिल मोड सुधार , रेलिङ र क्याट आई राख्न ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँका अनुसार सडक विभागले योजना बनाएर काम अगाडि बढाउने आश्वासन दिएको छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस