तुलसीपुर, २१ असोज । तुलसीपुरको बिरेन्द्र चोकमै ट्रक रोकिएपछि सवारी आवागमनमा समस्या भएको छ । चोक साघुँरो भएका कारण टर्निङ नपुगेर ट्रक बिच सडकमै रोकिएको हो ।
चोकमै ट्रक रोकिएपछि दुर्घटना हुन सक्ने भएकाले ट्राफिक प्रहरी व्यापक परिचालन गरिएको छ ।
ट्रक निकाल्ने काम भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रकको पट्टा भाँचीएकाले पनि समस्या भएको छ । ट्रकलाई निकाल्ने कोशिस भइरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार