२०८१ जेष्ठ ९ गते बुधवार

गढवामा जंगली जनाबरको आक्रमणबाट ६ भेडा मरे

गढवा, १४ असोज । दाङको गढवामा जंगली जनाबरको आक्रमणबाट ६ भेडा मरेका छन् ।
गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका छुकु चौधरीले पालेका ६ वटा भेंडा आइतबार बिहान मरेको अवस्थामा भेटिएका हुन् ।

आइतबार बिहान ३ बजे खोरमा हेर्न जांदा ६ वटा भेडा मृत फेला परेका पिडित किसान चौधरीले बताउनुभयो । उहाँका अनुसार एक भेडा अचेत अवस्थामा रहेको छ भने अन्य दुई भेडा पनि घाईते छन् । हेर्दा बाघले खाएको जस्तो देखिए पनि एकिन हुन सकेको छैन् ।

rpt

जानकारी पाउन साथ गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरी, पशु सेवा केन्द्रका कर्मचारीले जिवित भेडालाई मलम पट्टी गर्नु का साथै धेरै खाएको भएको भाग सिलाएर उपचार गरेका छन् ।

गाउँपालिकाले धर्मपुर आसपासका पशुपालक किसान तथा स्थानीयहरुले सजग्ता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस